बुधबार ०३ कार्तिक २०७८

नेपाली सेनाको ‘अपरेशन महाहन्ट-७’बाट खटिएको टोलीले बाँकेबाट ह तियारसहित बन्दोबस्तीका सामग्री ब रामद गरेको छ । आज राप्ती सोनारी गाँउपालिका-९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट दुई नाल भरुवा ब न्दुक,चार सय ग्राम बा रुद,१४ थान केप, शिकार गरिएको मासुलगायत शि कारमा प्रयोग हुने बन्दोवस्तीका सामान बरामद गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

निर्देशनालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा राखिएको स्पाइ क्यामरामा ह तियारसहितका व्यक्तिहरुको शं कास्पद ह र्कत देखिएको र तत्काल ‘अपरेशन महाहन्ट ७’ मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त टोलीले उक्त सा माग्री ब रामद गरेको हो । ह तियारसहित बरामद सामाग्री निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।

घटनामा सं लग्न व्यक्तिहरुको सक्रियताका साथ खोजी भइरहेको पनि निर्देशनालयले जनाएको छ । ‘अपरेशन महाहन्ट-७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास लिएको सेनाले जनाएको छ ।*** यो समाचार को भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया