
काठमाडौं– नेपालगञ्जमा बिहीबार बिहान १० बजेसम्म २ सय ४ जना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगञ्जका अनुसार ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा ब’न्द छन् ।यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीया महिलाको मृत्यु भएको छ । बैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो ।
उहाँको बिहिबार बिहान सबा २ बजे मृ’त्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृ’त्यु भएको छ ।त्यस्तै उता वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायाधीश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिर्पोटमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्लाका ७९ जना , बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १–१ जनामा रहेका छन्। पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना बहुदारमाई नगरपालिकाका छन् । चार वर्षदेखि ७८ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ६४ जना पुरुष र २४ जना महिलामा रहेका छन् ।