
८ वैशाख, काठमाडौं । नेपाल आयल निगमले नयाँ वर्षसँगै वैशाख ४ गते अबेर साँझ पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गर्यो । नयाँ मूल्य समायोजन अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढायो । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य दुई रुपैयाँले वृद्धि भयो ।
नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजल/मट्टितेलको १०४ रुपैयाँ पुग्यो । यस्तै आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । गत चैत २२ गते मात्रै इन्धनको मूल्य बढाएको निगमले १४ दिनमै पुनः मूल्य बढाउने निर्णय गर्यो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******