शुक्रबार १७ चैत्र २०७९

बिहानै उठेर यी काम गर्नुहोस् घरमा आउँछ सुख र समृद्धि
घरमा सुख र समृद्धिका लागि मानिसहरू के के मात्र गर्दैनन् । केही मानिस यसका लागि वास्तु टिप्स अपनाउँछन् । तर, पनि घरमा अशान्तिको माहोल कायमै रहन्छ । घरमा अशान्ति यसकारण हुन्छ कि तपाईको बिहानीको सुरुवात नै गलत ढंगले हुने गर्छ । बिहान उठ्नेवित्तिकै के के गर्ने भन्ने विषयमा यहाँ उल्लेख गरिएको छ ।

वास्तुका हिसाबले बिहान उठ्नेवित्तिकै के गर्ने ?

आमाबाबुको खुट्टा ढोग्ने
वास्तुशास्त्रका अनुसार बिहान उठ्नेवित्तिकै आमाबाबुको खुट्टा ढोग्नुपर्छ । बिहान उठ्नासाथ आमाबाबुलाई हातको रेखा हेरेर भगवानलाई सम्झिनुपर्छ । यसले घरमा सकारात्मक माहोल र आत्मविश्वास बढाउँछ ।

तुलसीलाई पानी चढाउनु
बिहान उठेपछि तुलसीलाई पानी चढाउनुपर्छ । यसले घरमा सकारात्मक ऊर्जा र शान्ति तथा धन प्राप्त हुन्छ ।

घरमा दियो बाल्नु
बिहान घरमा दियो बाल्नाले सकारात्मक ऊर्जाले बास गर्छ । यसबाट पैसाको समस्या हटाउँछ । यसका साथै घरका महिलाले बिहान बिहानै मूल ढोकामा पानी भरिएको घडा राखेमा लक्ष्मीले बास गर्छन् ।

बिहानै घर बाहिर रंगोली बनाउने
बिहान घर बाहिर रंगोली बनाउनाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यस्तो पनि मान्यता छ कि देवी लक्ष्मी र अन्य देवीदेवता घरमा आकर्षित हुन्छन्

६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया