आइतबार १९ चैत्र २०७९

दाङ : दाङमा हायस (माइक्रो बस) ले मोटरसाइकललाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुवाआमा घाइते भएका छन्।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षीय बालक स्पर्श आचार्य रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। मृतक बालकका बुवा ३९ बर्षीय सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

मंगलबार बेलुका साढे ५ बजेतिर पश्चिम दाङको सीतापुरबाट तुलसीपुर आउँदै गरेको रा५प ५६०४ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हायसले बबई गाउँपालिका ६ पञ्चकुलेको ओरालोमा ठक्कर दिएको थियो।बालकलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया