
काठमाडौं-नायिका करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो जानकारी दिएकी हुन् । कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे केही नखुलाएपनि उनले यस्तो निर्णय लिएकी हुन् ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् ।
उनले लेखेकी छन् ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ दिनहु दुई पटक बाफ लिने गरौ ँ ।’ उनले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।