मंगलबार १४ मंसिर २०७८

काठमाडौं – बाँकेमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बांकेले एक सूचना जारी गर्दै आज रातिदेखि लागु हुने गरी लकडाउनको घोषणा गरेको हो ।

जारी सूचना अनुसार बाँकेमा मात्र हालसम्म ७ सय ३५ जना सक्रिय संक्रमित पुगिसकेको र बिरामीले अस्पतालमा पनि बेड भरिभराउ भएको अवस्थालाई गम्भिरतापूर्वक लिँदै जिल्ला कोभिड १९ संकट व्यस्थापन समितिको बैठकले आज रातिदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

डिसीसीएमसीको उक्त सिफारिस अनुसार लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् । लकडाउनको समयमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन वाहेक अन्य सबै प्रकारका सेवा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल सञ्चालन र अत्यावश्यक काम वाहेकको हिडडुलमा निषेध गर्ने गरी आदेस जारी गरिएको सूचनामा जनाइएको छ ।

सूचनामा लकडाउनमा स्वास्थ्य, शान्ति सुरक्षा, विधुत, दुरसंचार, खानेपानी, फोहरमैला, ग्यास, तरकारी दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम जस्ता अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाइने जनाइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया