
एजेन्सी । धेरै चोटि यस्तो हुन्छ की हामीले अनुमान नै नगरेको स्थानमा सर्प देखिन्छ । तर जब सर्प खानाका सामानहरूमा फेला पर्छ भन्ने कुराको अनुमान पनि कम गरिन्छ । डिपार्टमेन्टल स्टोरवाट किनेको सलाजको प्याकेटमा सर्प देखापरेपछि ग्राहकको सातो गएको छ । डिपार्टमेन्टल स्टोरमा किनेको सलादको प्याकेट घरमा आएर खोल्दा सर्प देखेपछि सातो गएका ग्राहकले के गरे ? पढ्नुहोस यस्तो छ पुरा खबर ।
ुद गार्डियनु को रिपोर्ट अनुसार यो घटना अस्ट्रेलियाको सिड्नी शहरको हो। एक व्यक्तिले आफूले डिपार्टपेन्टल स्टोरमा हरियो सलाद किने । त्यस पछि के हुँदैछ भन्ने उनले अनुमान पनि गरेका थिएनन् । जब उनले घर पुगेर आफ्नो प्याकेट खोले, यसबाट एउटा वि षा लु सर्प निस्कियो।
यो सबै भयो जब अलेक्ज्याण्डर वाइटको एक ब्यक्ति उनको पार्टनर एमिली नेट्टीसंग सिडनीको एक सुपर मार्केट स्टोर गए। त्यस व्यक्तिले त्यहाँ पातदार तरकारीहरू र सलादहरू किने । यस पछि, तिनीहरूले सबै सामान किनेर घर पुगे।
घर पुगेपछि, जब उनले प्याकेट खोले, उनी त्यसमा वि षा लु सर्प देखेर छक्क परे। सर्प एउटै प्याकेटमा चलिरहेको थियो र उसले सानो जीब्रो बाहिर निकालिरहेको थियो । सुरुमा ती मानिसहरूले सोचे कि यो एउटा सानो कीरा हो जुन प्याकेटमा बसेको छ । तर चाँडै उनले यो सर्प हो भनेर बुझे।
जे होस्, ऊ सर्पको बच्चा थियो, जसको लम्बाई २० सेन्टिमिटर मात्र थियो। तर ऊ एकदम वि षा लु सर्प थियो। जानकारीका अनुसार यो सुपरमार्केटको फ्रिजमा बसिरहेको थियो जहाँ सलाद राखिएको थियो ।
रिपोर्ट अनुसार सर्पलाई देखे पछि परिवारले वन्यजन्तु संगठनलाई जानकारी गराए। संगठनले भन्यो कि यो सर्प अष्ट्रेलियामा फेला परेको सबैभन्दा वि षा लु सर्प हो।