
राम नवमीका अवशरमा भोली सार्वजनिक विदा दिईने भएको छ । प्रदेश नम्बर २ सरकारले हिन्दुहरुको पर्व रामनवमीका अवशरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक विज्ञप्ती जारी गर्दै प्रदेश २ सरकारले विदाको निर्णय भएको बताएको छ ।
हिन्दुहरूको महान पर्व रामनवमीको उपलक्ष्यमा हार्दिक शुभकामनासहित प्रदेश सरकारले बुधबारका दिन प्रदेशभरि सार्वजनिक बिदा दिने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तीमा भनिएको छ ।