बुधबार १५ चैत्र २०७९

भारतको दिल्लीबाट घर फर्किने क्रममा एक जनाको बाटोमै मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने शिवदत्त कपाडीका ३२ वर्षीय छोरा रामदत्त कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापाक्षेत्रीले बताए ।

विगत ५।६ महिना भारतमा रोजगारी गर्दै आएका कपाडीको घर फर्किने क्रममा सोमबार राति खटीमास्थित चक्करपुरमा बसमै मृत्यु भएको थापाले बताए । कपाडीको शव पोष्टमार्टमका लागि माहाकाली अस्पतालमा राखिएको छ । उनी टाइफाइडको बिरामी भएको बुझिएको प्रहरीले जनाएको छ ।

तेस्तै, कोरोना सङ्क्रमणबाट मृत्यु गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

“बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताउनुभयो । कोरोना सङ्क्रमणबाट मृत्यु भए ती पुरुषको सम्र्पकमा आएकाको तत्काल कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमितको सम्र्पकमा रहेकार्लाइ सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो । (फोटो फाईल)

७५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया