आइतबार ०२ जेठ २०७८

काठमाडौ । विरामी भयो भनेर छोरा छोरीलाई बोलाइयो । तर आउँदा उनी संसारवाट विदा भइसकेका थिए । उनका नाती नातिना समेत भइसकेका थिए । वृद्ध अवस्थामा रहेका ब्यक्तिले वि ष से व न गरेको खुलेको छ । परिवारका सदस्यलाई बुवा विरामी हुनुहुन्छ भनेर बोलाउँदा उनको निधन भइसकेको छ । ति पुरुष कान्छी श्रीमतीसंग बस्दै आएका थिए । काठमाठौमा भएको यस्तो घटना पछि परिवारका सदस्यहरुले विवाद गरेका छन् । आफन्तलाई विरामी भएकै अवस्थामा किन नबोलाएको भन्दै आफन्तहरुले विरोध गरेका छन् ।

छिमेकीहरुले पनि श्रीमानलाई श्रीमतीले निकै हेला गरेको आफुहरुले देखेको बताएका छन् । नेपाल भारत मैत्रि अस्पतालमा वैशाख २ गते हर्कवहादुर तामागंलाई अस्पताल भर्ना गरिएको थियो । तर उनको निधन भएपछि मात्र जेठो श्रीमतीका छोराछोरी र नाति नातिनीलाई खबर गरिएको थियो । हाम्रो हजुरवुवाले किन वि ष खा नु भयो रु त्यसको जवाफ चाहियो । जेठो श्रीमतीको कान्छी छोरीले के कारणले वुवाले त्यस्तो निर्णय गर्नुभयो त्यसको जवाफ चाहियो । अस्पतालमै रहकी उनले भनिन् ।

बुवा आफ्नो आमासंग नबसेर कान्छी आमासंग बस्दै आएको कान्छी छोरीको भनाई छ । प्रहरीले शव जिम्मा लिनु मात्र भन्नुहुन्छ के कारणले यस्तो निर्णय गर्नुभयो त्यो कुरा थाहा पाएपछि मात्र शव बुझ्छौं भनेर उनीहरुले भन्दै आएका छन् । वुवाले आफैले खाएको भएपनि उनलाई वाध्य बनाइएको भन्दै उनीहरुले कान्छी आमाले त्यसको जवाफ दिनुपर्ने बताए । ५ दिन सम्म घटना किन लुकाइयो रु छोराको पनि भनाई छ । हामीले कान्छी आमालाई किन बुवाले यस्तो गर्नुभयो भनेर प्रश्न गर्दा कान्छी आमाले आफुलाई थाहा छैन भनेर जवाफ दिएको बताए ।

उनी निकै धेरै वर्ष विदेशमा बसेर पैसा कमाएर कपनमा निकै ठूलो घर बनाएका थिए । अहिले ६५ वर्षको उमेरमा निधन भएको हो । वैशाख २ गते नै वुवाले वि ष खाुएको भएपनि अहिले सम्म घटनाको जानकारी नदिएर मृत्यु भएपछि मात्र प्रहरीले खबर गरेको उनीहरुको भनाई छ ।

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया