
काठमाडौ । उनी नेपाली हुन् अहिले उनलाई नेपाली भाषा बोल्न आउँदैन । ९ वर्षको उमेरमा घर परिवारको लागि खुसी खोज्न निस्केकी एक महिला अहिले ४० वर्ष पछि घर फर्केकी छन् । चितवनको राप्ती नगरपालिकाकी ५० वर्षको उमेरमा उनी नेपाल फर्केकी हुन् ।
घरमा आर्थिक अवस्था निकै कमजोर थियो । फरीदा हो अहिलेको नाम तर उनको नेपालमा आमाबुवाले राखिदिएको नाम भने राममाया हो । एक छाक खाएपछि उनीहरुले २ छाक खान पाउथेनन् । घरमा खानै नपुग्ने भएपछि तीन छोरी जन्माएर आमा हिडिन् । साना भाइवहिनी र बुवाको अवस्था देखेर ९ वर्षकै उमेरमा उनको मनमा दया आयो ।
मैले कमाएर बुवा र भाई बहिनीलाई पाल्छु भन्दै उनी घरवाट निस्केकी थिइन् । भारत गएकी उनी भारतमै बेचिइन् । अहिले उनी विवाहित हुन् । ४ छोराछोरी र श्रीमान उनको साथमा छन् अहिले । भारतमा बेचिएकी उनलाई पाकिस्तानी नागरिकले विवाह गरेर पाकिस्तान लिएर गएका थिए ।
पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बेचेको बताएकी छन् । जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिलाईदिन्छु (सिलाई बुनाई सिकाइदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उनको भनाई छ ।
फुपुको छोरीलाई पनि त्यसैगरी आफुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बेचिएकी चेली अहिले पाकिस्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकिस्तानीले फेला परे । उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपालमा आफन्तहरुकोमा लगिदिन्छु भनेर लिएर गए पछि उनको जिवन केही सहज भयो । उनले पाकिस्तानी नागरिकसंग विवाह गरिन् । अहिले ४ जना सन्तान भए । मुम्बईमा जसले उनलाई किनेका थिए उनैले विवाह गरे । यसरी उनी पाकिस्तान पुगेकी थिइन् ।
नेपालमा विपन्न युवती र महिलाहरुलाई पैसा कमाउने र राम्रो जिवन चलाउन सकिने भनेर दलालहरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्रलोभनमा परेर उनी मुम्बई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमेरकी थिइन् ।