
२३ वर्षको उमेरमा नै ११ बच्चा जन्माइसकेकी युवती १०० बच्चा जन्माउन चाहन्छिन्,यस्तो छ बच्चा जन्माउन लत लाग्नुको कारण। २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने ल-त लागेको छ ।
उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् र उनी सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् । न्यूजफ्ल्याश मिडियासँग कुरा गर्दै क्रिस्टिनाले बताएअनुसार उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले से`रो`गेसीको माध्यमबाट जन्माएकी हुन् । यी सबै सन्तानहरु उनकै जेनेटिक्सका हुन् । -यो समाचारको भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहोस्-
उनले आफूहरुले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतीले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरुले १०५ बच्चा चाहेको बताएका थिए । त्यसपछि उनीहरुको यो पोस्ट भाइरल भएको थियो । क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन् ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं तर यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’-यो समाचारको भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्-
अहिलेसम्म आफूहरुले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन् ‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ र हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । यो शहरमा से`रो`गेसी गै`रका`नुनी छैन र से`रो`गेट महिलाहरुलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन । यद्यपि से`रोगे`सीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपैयाँ) पर्छ ।-यो समाचारको भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्-
यति यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरुले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरु जुन क्लिनिकमा से`रोगे`सीका लागि जान्छन् त्यो क्लिनिकले नै उनीहरुको लागि से`रो`गेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरुसँग सम्पर्कमा हुँदैन ।-यो समाचारको भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्-
यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।
यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।
उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।