बुधबार १५ चैत्र २०७९

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारी बढ्दो छ । हाम्रै छिमेकमा यसको प्रभाव ड र लाग्दो रुपमा देखिएको छ। खुला सीमाना र अव्यवस्थित आवागमनका कारण त्यहाँ सल्किएको कोरोनाको काल बिस्तारै नेपाल पसिरहेको छ ।

नेपालमा पछिल्लो समय दैनिक सयौंको संख्यामा संक्रमित थपिन थालेका छन् भने मृ त्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ । केही दिनयता मात्र हजारौँ संक्रमित थपिएका छन् । करिब एक साताको अवधिमा मात्र दर्जनौँले ज्यान गुमाउनु परेको छ ।

“स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्र मित हुने प्रक्षेपण गरेको छ । “

गतवर्ष लकडाउन हुँदा शुरुमा एक जना पनि सं क्रमि त भेटिएका थिएनन् । तैपनि विस्तारै संक्रमण बढ्दै गयो र एकैदिन दर्जनौंको संख्यामा मृ त्यु र हजारौँको संख्यामा संक्रमित हुने अवस्थासम्म पुग्यो ।

अहिले कोरोनाको दोस्रो लहर शुरु भैसक्दा न लकडाउन गरिएको छ न स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा गम्भीरता देखिएको छ । त्यसैले यहि अवस्था रहिरहे भारतमा सल्केको कोरोनाको कालले नेपाललाई पनि खाने निश्चित छ।

डरलाग्दो कुरा त,स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ । यसले खतराको घन्टीमात्र बजाएको छैन भयावह अवस्थाकोसमेत संकेत गरेको छ । यसपटकको नयाँ भेरियन्सबाट युवा र बालबालिका बढी प्रभावित भएको मन्त्रालयले बताइसकेको छ ।

यहि उमेर समूहका मानिस बढी सक्रिय हुने र घर बाहिर निस्कने हुँदा पहिलेको तुलनामा संक्रमण छिटो बिस्तार हुने मन्त्रालयको भनाइ छ।

आजमात्र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

आज कोरोनाकै कारण एक स्टाफ नर्सले ज्या न गुमाएकी छन् । भर्खरै बिहा गरेकी अनिशा ओली नाम गरेकी ती युवतीलाई कोरोनाले जीवनको पूर्वार्धमै लिएर गयो । उनकी भर्खर जन्मेकी छोरी टुहुरी भएकी छन् ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृ त्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिएका हुन ।

उनका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराईरहेकी स्टाफ नर्सको मृ त्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।

२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया