मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं । बजाज र टीभीएसपछि यामाहाले नेपालमा नै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने तयारी गरेको छ । यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले नै नेपालमा एसेम्बल गर्ने तयारी गरेको हो ।

कम्पनीले नवलपरासी क्षेत्रमा आफ्नो प्लान्ट स्थापना गर्नेगरि काम अगाडि बढाइरहेको एमएडब्ल्यु स्रोतले जानकारी दिएको छ । भैरहवा भन्सार नाकाबाट नजिक रहेकाले धेरैको रोजाई नवलपरासी हुँदै आएको छ ।

‘सन् २०२२ वाट यामाहाका मोटरसाइकल नेपालमा नै एसेम्बल गर्ने लक्ष्यका साथ काम भइरहेको छ । सबै काम सोचेअनुरुप अगाडि बढे लक्ष्य अनुसारको समयमा नै मोटरसाइकल एसेम्बल सुरु हुन्छ’, एमएडब्लु स्रोतले मेरोअटोसँग भन्यो ।

यामाहाले नेपाली बजारमा एफजेड सिरिज, एमटी १५, आर १५ भि थ्री, फसिनो, रे जेडआर जस्ता मोडलको विक्री गर्दै आइरहेको छ भने अन्तर्राष्ट्रिय बजारमा विक्री हुँदै आएको विग बाइक पनि विक्री सुरु गरेको छ । यसले यामाहालाई थप मजबुद बनाउदै लगेको छ ।सांकेतिक तस्विर

११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया