
काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लि एको घटनामा अनौठो रहस्य खुलेको छ । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै बस्ने मोहनराज भण्डारी र उनका दाजु मिलेर बसेको देखेर स्थानिय पनि छक्क पर्थे । हाम्रा दाजुभाई पनि यस्तो मिलेर बसे हुन्थ्यो भन्ने लाग्थ्यो ।
तर अचानक उनीहरुको जिवनमा एकजना माता आइन् । त्यसपछि उनीहरुको परिवारमा सोच्नै नसक्ने घटना भएको छ । मोहनराजको श्रीमती विरामी भइन् । विरामी भएपछि उनले झारफुक गर्न एक जना माता बोलाए । ति माताले तिम्रो श्रीमतीलाई विरामी बनाउने तिम्रो भाउजु हो । तिम्रो भाउजु बो क्सी हुन् उनैले यस्तो गराएकी हुन् ।
भनेर भनिदिएपछि उनीहरुको उदाहरणीय सम्बन्ध विग्रियो । अरुका लागि उदाहरणीय बनेका दाई, भाईहरुबीच विवाद पर्न थाल्यो । भाउजुलाई देख्ने वित्तिकै गा ली गर्न थाले । स्थानिय अन्य महिलालाई पनि थुक्न थाले । घटना यति सम्म भयो की बो क्सीकै आरोपमा उनले भाउजु रोशनीराज भण्डारीको ज्या’न लि ए ।
काठमाडौ शहरमै शिक्षित परिवारमै बो क्सी को आरोपमा भएको यस्तो घटनाले सबैलाई अचम्म बनाएको छ । घटना शनिवार साझ ७ वजे पछि भएको हो । साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजू मा’रेर ‘आ’त्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
देवरले हि’र्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृ’त घोषणा गरेका छन् । आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले घट्नामा प्रयोग भएको र’ड बरामद गरेको छ । स्थानियले घरयासी दाजुभाईको विवाद केही वर्ष देखि नै भएको आफुहरुले थाहा पाएको स्थानियको भनाई छ ।
भाउजुलाई यस अघि पनि ति पुरुषले बो क्सी आरोप लगाउने गरेका थिए । भाउजुले आफुलाई त्यस्तो आरोप लगाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा अब देखि म भाउजुलाई यस्तो आरोप लगाउँदिन भनेर सहमति गरेर आएका थिए । तर त्यसको केही वर्षमा यस्तो घटना भएको स्थानियको भनाई छ ।