शनिबार ०९ साउन २०७८

निकै नै सुमधुर स्वरकी धनी १७ बर्षकी खोटाङकी चेली एलिना उदास घर बनाउने ठाउँमा काम गर्छिन् । इट्टा , बालुवा बोक्छिन्, गाह्रो लाउँछिन् । एलिनाको आवाज निकै नै मिठो छ । परिवारमा बृद्ध बुवा आमा छन्, उनीहरुलाई पाल्नका लागि एलिना दिनरात मेहेनत गर्छिन् र बाँकी रहेको समयमा सँगीत सिक्छिन् । काम गरिरहँदा अरुले हेपेको तितो अनुभव र चोट पटक लागेको अनुभव पनि एलिनासँग छ । पछिल्लो समय चर्चित रियालिटी शो ‘भ्वाईस अफ नेपाल’मा पनि छानिएकी एलिनाको एउटै सपना छ, ठुलो गायिका बन्ने र आमा बुवालाई बुढेशकालमा राम्रोसँग पाल्ने । परिवारमा ५ छोरीहरु छन्, एलिना र उनकी बहिनीको बिहे हुन बाँकी छ । एलिना बुझकी छिन् । धेरैले उनको आवाज मेलिना राईसँग मिल्छ भन्छन् तर एलिना रचना रिमालको ठुलो फ्यान हुन् ।

भ्वाइृस अफ नेपालमा उनले जोडी ढुकुर एकै साथ नहुँदा गीत गाएर २ जना कोचहरुलाई फर्काइन् र सबैको मन जितिन् । एलिनाको आमा पनि सेटमा आएकी थिईन्, आमा छोरीको माया र एलिनाको परिवार प्रतिको उत्तरदायित्व देखेर सबैको मन रोयो । एलिना उदास आफुले काठमाडौंमा धेरै घर बनाएको बताउँछिन् । आफुले बनाएको घरहरु आफ्नै जस्तो लाग्छ, एलिनाले मनछुने कुरा गरिन् । आमा बुवाको लागि आफ्नै एउटा घर बनाउने उनको सपना छ । भिडियो हेर्नुस

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया