बुधबार २० साउन २०७८

काठमाडौं : काठमाण्डौंको कलंकीमा केहि यूवाहरु घरघरबाट संकलित फोहोर मिलाउँदैछन् । उनीहरुले दिनभरी लगाएर कलंकी वरपरका घरबाट फोहोर ल्याए। फोहोरको बर्गीकरण गरेर तत्काल बेच्ने मिल्ने छुट्टैअनि फाल्ने फोहोर छुट्टै बना एका छन् ।

बेच्न मिल्ने फोहोर तत्कालै बेचर उनीहरुले पैसा पार्नेछन् भने अरु फोहोर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापना गर्नुपर्ने उनिहरुको भनाइ छ । यो समुहमा प्रदेश नम्वर २ को वीरगञ्ज देखि नुवाकोट लगाएतका जिल्लाका यूवाहरु छन् । उनिहरुले काठमाण्डौं मै सकृय रहेको एउटा सामाजिक सस्थामा आवद्ध भएर फोहोर संकलन र त्यसको व्यवस्थापनको काममा जुटेका हुन् ।

यसरी फोहोर टिप्दै हिड्दा समाजले आफुहरुलाई नराम्रो सोच्ने गरेकोमा उनिहरुको दुखेसो छ । उनीहरुलाई फोहोरवाला, खाते भन्दा निकै मन दुख्ने रहेछ । ‘खाते नै भनेपनि हामीले आफ्नो काम छौ र सफा छ’ फोहोर मिलाउँदै गरेका एक यूवाले भने। अब भने उनिहरुलाइ समाजले प्रहार गर्ने तिखो बाणले बिझाउन छोडिसकेको छ । भिडियो यहाँ लिंकमा छ ।

१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया