शुक्रबार १७ चैत्र २०७९

पर्सा’को वीरग’ञ्ज उपमहानग’रपालिकास्थित एक स्थानीय बोर्डिङ स्कूलमा अध्य’यनरत सुलभ (नाम परिवर्तन) १४ वर्षका भए । सामान्य परि’वारमा हुर्केका उनी पढाइमा तीक्ष्ण छन्। पढाइ’बाट बचेको समयमा सुलभ अन’लाइन गेम पब्जी खेल्छन् । उनी सामा’जिक सञ्जा’ल फेसबू’कमा पनि जोडि’एका छन्।

फेस’बूक ग्रुपमा विभिन्न पोस्ट हेर्ने, तिनमा लाइक तथा कमेन्ट गर्नेहरूको प्रोफा’इल चेक गर्ने, उनीहरूको गतिविधि नियालि’राख्ने पनि उनको बानी नै थियो। पब्जी खेल्ने क्रममा एकदिन उनलाई पैसाको आवश्यकता पर्‍यो । आमाबु’वासँग पब्जी’का लागि भनेर पैसा माग्ने हिम्मत पनि भएन।

त्यसपछि उनले जुक्ति नि’काले- कसैको फेस’बूक ह्याक गरेर उसको नामबाट अरू कसैसँग पैसा माग्ने ।त्यसपछि उनले आफूले नियमितजसो हेरिराख्ने ग्रुपमा गएर एउटा पोस्टमा लाइक गर्नेहरूको सूची निकाले ।त्यसबाट सयजना जति व्यक्तिको नाम छनोट गरे । अनि ती व्यक्तिको ‘यूजर आईडी’ पत्ता लगाए ।

त्य’सपछि उनले फेसबूक पासवर्ड पत्ता लगा’उन सकिन्छ कि भनेर खोजी गर्न थाले ।‘हाउ टु ह्याक फेसबूक पासवर्ड’ भनेर युट्युब तथा गुगलमा सर्च पनि गरे । भेटिएका सामग्री अध्ययन गरे, भिडियो हेरे। इन्ट’रनेटमा नै प्राप्त ट्रिक्स’बाट आफूले सूचीमा राखेका व्यक्ति’हरूको पा’सवर्ड पत्ता लगाउने प्रयास गर्न थाले ।

प्रयास गर्दै जाने क्रममा एक जनाको फेसबू’क ह्याक गर्न उनी सफल भए ।ती व्यक्तिको आईडीमा पहुँच बनाएर उनी उनको साथी’को सूचीमा भएका व्यक्ति’हरूको विवरणसम्म पुगे ।खोज्दै जाँदा दीपा’श्री निरौलास’हितका चर्चित कला’कारहरूसँग कुराकानी हुने गरेको पाएपछि उनलाई ढुंगा खोज्दा देउता मिले’जस्तो भयो ।

त्यसपछि उनको निशाना दीपाश्री निरौ’लातर्फ सोझियो । दीपाको फेस’बूकमा पहुँच बनाउन उनले ह्याकिङभन्दा पनि चलाखीको एउटा ट्रिक्स अपनाए ।तपाईं हामीले फेस’बूक पास’वर्ड बिर्सिएमा ‘फर्गेट पासवर्ड’ गर्ने अनि इमेल आईडी वा रजि’स्टर्ड मोबाइ’लमा कोड पठाएर पासवर्ड रिसेट गर्ने विकल्प हुन्छ ।

उनले दीपाको इमेल आईडी पत्ता ल’गाएर पासवर्ड फर्गेट गरे । आफूले पहिले नै ह्याक गरेको आई’डीबाट दीपासँग ‘तपाईंको इमे’लमा आएको कोड दिनुस् न’ भनेर आग्रह गरे। कुराकानी र चिन’जान भइराखेको व्यक्ति भएकाले केही नसोची दीपाले उक्त कोड दिइन् ।यसो गर्दा फेसबूक आईडी नै ह्याक’रको कब्जामा पुग्दैछ भनेर उनले ख्याल नै राखिनन् ।

उक्त कोड राखेर सुलभले दीपाको फेस’बूक आईडीको पासवर्ड परि’वर्तन गरिदिए ।यसलाई साइबर ब्यूरोको भाषामा ‘फिसिङ’ भनिने साइबर ब्यूरोका उपनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले बताए ।‘उनले कुनै प्रविधि पढेका छैनन् । उच्चतम प्रविधि प्रयोग गरेर ह्याक गरेको देखिँदैन्, उपनि’र्देशक अर्यालले भने, ‘उनले फिसिङ गरेका हुन् ।’

त्यसपछि सुलभले दीपा’सँग कुरा हुने साथी’हरूलाई म्यासेज गरेर पैसा माग्न थाले । उनले आफूलाई अर्जेन्ट परेको भन्दै मोबाइल बैंकि’ङबाट पैसा पठाइदिन आग्रह गरे। पैसा प्राप्त गर्नका लागि उनले त्यही विधि (कोड पठाउने र माग्ने विधि) अपना’एर अपनाएर नेपाल’गञ्ज निवासी एक व्यक्तिको इन्ट’रनेट बैंकिङ र मोबाइल बैंकिङमा पहुँच बनाए ।

शुरूमा उनले नाम फेसबूक’बाटै थाहा पाएका थिए । आफूले ह्याक गरेको आईडीबाट ती व्यक्तिको बैंक अकाउन्ट नम्बर मागे ।त्यसपछि उनले उक्त बैंकको मोबाइल एप डाउनलोड गरेर ती व्यक्तिको नाम र अकाउन्ट नम्बर राखेर लगइन गर्न प्रयास गरे ।

त्यहाँ पनि कोड माग्यो, उनले ती व्यक्तिको मोबाइलमा कोड पठाए अनि उक्त कोड पनि त्यहीँबाट मागे । कोड प्राप्त भएपछि दीपाका ती साथीको मोबाइल बैंकिङमा उनको पहुँच बन्यो ।उनले दीपाका अन्य साथीसँग पैसा मागेर ती साथीको अकाउन्टमा रिसिभ गर्ने अनि पैसा हात परेपछि चुपचाप बाहिरिने योजना बनाएका रहेछन् ।

उनले ती व्यक्तिको बैंकिङ एपबाट २५ हजार रुपैयाँ निकालेर ‘पब्जी’मा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी अर्यालले बताए ।‘आफ्नो बैंकको खाता नभएकाले उनले धेरै पैसा ठग्न पाएनन्,’ उपनिर्देशक अर्यालले भने, ‘उनले अकुत कमाउनुभन्दा पनि गेम खेल्नका लागि पैसा चाहिएकाले फेसबूक ह्याक गरेको देखिन्छ ।’

त्यसलगायत उनले सरोज खनाल, दयाराम पाण्डे, सुशील नेपाल लगायतका १० जना कलाकारहरूको फेसबूकमा पनि पहुँच बनाएकाे ब्यूरोले जनाएको छ ।अहिलेसम्म कुनै पनि प्राविधिक तालिम वा शिक्षा नलिएको व्यक्तिले फेसबूक प्रयोगकर्ताहरूको असावधानीको फाइदा उठाएर फेसबूकमा अवैध पहुँच बनाएको देखिन्छ ।

पर्सनल कोड सुरक्षित नगर्दा ह्याकि’ङको शिकार– सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सेलि’ब्रेटीहरूले सामान्य कुराको ज्ञान समेत नराख्दा फेसबूक ह्या’किङको शिकार भएको ब्यूरोले जनाएको छ। ‘कोड भनेको नितान्त व्यक्तिगत कुरा हो ।

यस्ता चिजहरूको महत्व सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नजान्दा ह्याकिङको शिकार हुने गरेको देखिन्छ,’ साइबर ब्यूरोका उपनिर्देशक एसएसपी नविन्द्र अर्यालले भने, ‘अझ सेलिब्रेटीहरूले यस्ता कुरामा ध्यान दिनुपर्छ ।’ फेसबूक, भाइबर, ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा सेलिब्रेटी मात्रै होइन प्रविधिको ज्ञान नभएका मानिसहरूले नजिकका मानिसहरूलाई सेक्युरिटी कोड शेयर गर्दा ह्याकिङको शिकार हुने गरेको उपनिर्देशक अर्यालले बताए ।

‘सेक्यु’रिटी कोड त नितान्त निजी हो । यो सके’सम्म आफ्नै श्रीमान–श्रीमती’लाई पनि शेयर नगर्दा हुन्छ,’ एसएसपी अर्यालले भने, ‘यस्ता साना कुराहरू पनि ख्याल गर्नु आवश्य’क छ।***** यो समा’चार पुरा भि’डियो हेर्न यहाँ तल क्लिक गर्नुहो’ला ******

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया