
काठमाडौ । नायीका शिल्पा पोखरेल र छवि ओझाकाबीचमा विचाराधिन मु द्दाका विषयमा टेलिभिजनमा कार्यक्रम निर्माण गर्दै आफ्ना ब्यक्तिगत चरित्रका कुराहरु उठाएको भन्दै नायीका शिल्पा टेलिभिजन कार्यालयमा पुगेकी छन् । एपीवान टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम रजतपटमा प्रकाश सुवेदीले नायीका शिल्पाका बारेमा पुरै कार्यक्रम बनाएका छन् । उनी माथि नै केन्द्रित गरेर रजतपटमा कार्यक्रम निर्माण गर्दै शिल्पालाई अन्य कलाकारसंग नाम जोडेर चरित्रमा प्रश्न उठाएका थिए ।
उनले निकै पुरानो र डिलिट भइसकेको भिडियो सार्वजनिक गर्दै शिल्पाको बारेमा गलत प्रचार गरेको भन्दै शिल्पा एपीवाट टिभी पुगेकी छन् । शिल्पा विकास रौनियार र सम्झना रौनियारका साथमा एपिवान टेलिभिजन पुगेकी थिइन् । कार्यालयमा जाँदा उनलाई केही मिडियाकर्मीले प्रश्न सोध्ने कोशिष गरेका थिए । शिल्पाले केही पनि बेलिनन्, अदालतमा विचाराधिन विषयमा बोल्न नमिल्ने भन्दै शिल्पाले हेर्दै जानुस् भन्ने छोटो जवाफ दिएकी थिइन् ।
निकै आ क्रो शित देखिएकी शिल्पाले पर्ख र हेरको रुपमा आफु रहेको बताएकी छन् । चलचित्र कलाकारसंघका अध्यक्षले पनि प्रकाश सुवेदीले प्रशारण गरेको सामग्रीमा शिल्पालाई अन्याय हुने कुरा रहेको आफुले पनि पाएको बताए । चलचित्र कलाकार संघले अन्यायपूर्ण भाव प्रकट भएको भन्दै एपीवान टेलिभिजनका प्रमुख क्याप्टेन रामेश्वर थापासंग भेट गरेको बताए । उनले लोकपृय टेलिभिजनमा महिलालाई गिराउने गरी कार्यक्रम प्रशारण भएको भन्दै आफुहरुले गुनासो गरेको बताएका छन् ।