
धादिङ । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् ।आकस्मिक रुपमा अवतरण गर्ने हेलिकोप्टरहरुमा मनाङ एयर र अल्टीट्यूड कम्पनीका रहेका छन ।त्यस्तै धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार जिल्लाको थाक्रे गाउँपालिकाका २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा सक्रिय केश १८ पुगेको छ ।
संक्रमित सबै जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन्। यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ५५९ पुगेको छ । जम्मा संक्रमित मध्ये नौ सय २० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय ३९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।