शुक्रबार १७ चैत्र २०७९

काठमाडौ । नायीका शुष्मा कार्की सामाजिक सञ्जालमा निकै चर्चामा आउने पात्र हुन् । उनी स्पष्ट वक्ता भएका कारण पनि उनले भनेका कतिपय कुरा विवादित हुने भएका छन् । उनी वेहुलीको गेटअपमा निकै सुन्दर देखिएकी छन् । उनले जुरेपछि विवाह हुने र त्यो दिनको पर्खाइमा आफु रहेको बताएकी छन् । उनले आफ्नो जिवनमा आउने ब्यक्ति आफुलाई बुझ्ने खालको हुनुपर्ने बताएकी छन् । विवाहको बारेमा अहिले नै आफुले नसोचेको भएपनि कस्तो ब्यक्तिले आफुलाई आकर्षित गर्छ भन्न नसक्ने बताइन् ।

उनले आफ्नो विवाह निकै समान्य तरिकाले गर्ने योजना बनाएकी छन् । उनले कोट म्यारिज गर्ने विवाहको तामझाममा हुनसक्ने खर्च बचत गरेर समाजसेवामा लगाउने बताएकी छन् । ठूलो पार्टी र विवाह गर्दा धेरै पैसा खर्च हुन्छ त्यस्तो तामझाममा खर्च नगरेर समाजसेवाका लागि खर्च गर्ने योजना सुनाइन् । उनले केही बालबालिकाहरुलाई सहयोग गर्ने गरेकी छन् । केही बालबालिका आफुले नै संरक्षण गरेर राखेकी छन् । नायीका शुष्मा एक वर्ष पछि फेसन शो को स्टेजमा चढेकी छन् । उनी लामो समय पछि स्टेजमा चढेको भएपनि नर्भस नभएको बताएकी छन् । बेहुलीको गेटअपमा स्टेज चढ्दा उनी निकै सुन्दर देखिएकी थिइन् ।

कोरोनामा महामारीका कारण सबै फिल्म र गीत संगीतका कार्यक्रम लगायत भिडभाड हुने स्थान बन्द गरिएका थिए । लकडाउनले फिल्मी क्षेत्र नराम्ररी प्रभावित भएकाले शुष्मा पनि खाली नै थिइन् । उनले पनि अन्य कलाकारले जस्तै साना तिना काममा चित्त बुझाउनु परेको थियो । तर कोरोनाको प्रभाव केही कम भएर काम सुरु हुन लाग्दा कोरोनाको दोस्रो लहरले फेरी चेतावनी दिएको छ ।

५७० पटक हेरिएको

तपाईको प्रतिक्रिया