शुक्रबार १७ चैत्र २०७९

शरीरका विभिन्न अं’गमा छेडेर रिङ या अन्य गहना झु’ण्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट, ‘नाइटो’, जिब्रो, ओठ र कानको बाहिरी लोतीमा पियरसिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।

केही समय अघिसम्म नेपालमा ट्याटुको मात्र प्रचलन थियो । ठमेललगायत पर्यटकीय क्षेत्रमा जसै विदेशीहरुमाझ पियरसिङको माग बढ्दै गयो, नेपालीले पनि त्यसको सिको गर्न थाले ।

‘विदेशीहरु पियरसिङका लागि आएसँगै नेपालीमाझ पनि पियरसिङ गर्ने क्रम बढ्दो छ,’ ठमेलस्थित ‘गगन ट्याटुज इन’का सञ्चालक गगन थापा भन्छन् । विगत १४ वर्षदेखि यो पेसामा लागेका थापाका अनुसार आँखीभौं, चिउँडो, निपल, गाला, जिब्रोलगायत अंगमा पियरसिङ गर्नेको संख्या ह्वात्तै बढेको छ ।

नाइटोमा गहना लगाउने चलन नेपालमा पनि बढेको छ । फिल्म अभिनेत्री, मोडल र कतिपय उच्च घरानिया परिवारका युवतीले पनि नाइटोमा गहना लगाउने गरेका छन् । यो आधुनिक युगमा नयाँ फेसन हुन थालेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सुष्मा कार्की, मोडल सगुन शाहीलगायतले यसरी नाइटोमा गहना लगाउने गरेका छन् । जसलाई ‘पियर्सिङ’ गरेको पनि भनिन्छ ।

बलिउडमा त निक्कै अभिनेत्रीले यसरी नाइटोमा गहना लगाउने गरेका छन् । खासगरी प्रियंका चोपरा, आयशा ताकियालगायतका अभिनेत्रीले बलिउडमा यसलाई ‘फेमस’ बनाए ।

फरक देखिने होडका लागि नेपाली अभिनेत्रीले पनि यो कल्चरलाई समातेको बताइन्छ । यसरी नाइटोमा गहना लगाउने चलन अहिले फेसनका रूपमा अगाडी आए पनि यसको प्रचलन कुनै पश्चिमा मुलुकबाट होइन, अफ्रिकन मुस्लिम देशको मान्यताका हिसाबले आएको थियो ।

इजिप्टबाट ‘नाइटो’मा पियर्सिङ गर्ने चलन आएका थियो । महिलावादी भएको देखाउनका लागि यस्तो चलन स्थापित भएको थियो । तर यो अहिले फेसनका रूपमा नै अघि बढेको छ । इजिप्टीसियनहरू ठान्छन्– यस्तो काम गरे धर्तीमा लामो समयसम्म पनि बाँच्न सकिन्छ । इतिहासकालदेखि नै इजिप्टका यस्तो प्रयास भएको दाबी गरिएको थियो । तर कतिपयले भने यस्तो काम नभएको पनि बताउँदै आएका छन् ।

आजभोली नाइटोमा पियर्सिङ गर्ने चलन सामान्य हुन थालेको छ । सन् १९९३ मा लन्डनमा मोडल क्रिस्टी टुर्लिङ्टनले नाइटोमा पियर्सिङ गरेको पहिलो पटक सार्वजनिक गरेकी थिइन् ।

पियरसिङ कति सुरक्षित ?

पियरसिङ गर्दा शरीरको कुनै भागमा प्वाल पारिन्छ । र, त्यसलाई गहना लगाउन योग्य बनाइन्छ । प्रायजसो पियरसिङ सामान्य सियो र बन्दुकको माध्यमबाट गरिन्छ । पियरसिङ गर्ने बन्दुकमै कानमा लगाउने टप जोडिएको हुन्छ । बन्दुकले कानमा दुलो पारेसँगै टप त्यहीं फिट हुन्छ । यस्तै, सियोद्वारा शरीरका विभिन्न ‘अंगमा दुलो’ पारेर पनि पियरसिङ गरिन्छ । यो विधि खासै सुरक्षित नमानिए पनि नेपालमा यसकै चलन बढी छ ।

९१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया