मंगलबार १२ आश्विन २०७८

नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । अभिनेत्री कार्कीले शनिवार पति आयुष्मान जोशीसँगै माल्दिभ्समा जन्मदिन मनाएकी हुन ।माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । आयुष्मान र प्रियंकाले तीन वर्ष लामो प्रेम सम्बन्धलाई गतवर्ष विवाहमा परिणत गरेका थिए।

प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोना महामारीका कारण लकडाउन भएको थियो । लकडाउनका कारण हनिमुनसमेत निस्कन नपाएका उनीहरु अहिले प्रियंकाको जन्मदिन र पहिलो वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्स पुगेका हुन। यसैले पनि उनीहरुले हनिमुन यात्रा पनि तय गर्न पाएका थिएनन् ।प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडिसम्म नम्बर १ स्थान ओगटेकी यी सुन्दरीको आज क्रेज खस्किएको छ ।

तर, सामाजिक संजालमा उनको लोकप्रियता भने घटेको छैन ।नेपाली चलचित्र ‘थ्री लभर्स’ बाट दर्शकसामु आएकी नायिका कार्कीले ५÷६ बर्षको उमेरदेखि नै कलाकारिताको क्षेत्र रोजेकी थिइन् ।उनले ९ वर्षको उमेरमा नेपाली चलचित्र महादेवीमा बाल कलाकारको भुमिका निभाएकी थिइन् । नायिका कार्कीले कान्तिपुर टेलिभिजनमा २ वर्षजति भिजेको काम पनि गरिन् । सन् २००५ मा ‘मिस टिन’ नेपालको उपाधि जितेपछि नायिका कार्कीको चर्चा बढ्दै गयो । अहिले उनी नेपाली सिने क्षेत्रकी चर्चित नायिकाको रुपमा चर्चित छिन् ।

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया