आइतबार १९ चैत्र २०७९

काठमाडौ । धनकुटामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

घाइते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ । चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती नभएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन् ।

यो अर्को समाचार, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल मटितेलको १०४ रुपैयाँ तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ । यसअघि निगमले बैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया