
काठमाडौ । छिमेकमै बस्ने विवाहित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि दिदी भन्थिन् । छोराछोरी खेलाउन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो पवित्र नातामा उनले कहिल्यै शंका गरिनन् । छिमेकी महिलाका श्रीमान विदेशमा थिए । त्यसैले उनले घरमा एक्लै भएकाले आफुसंग कुराकानी गर्न आएको भनेर खुसी नै थिइन् । समय वित्दै गयो तर आफुलाई दिदी भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भागेको थाहा पाएपछि उनी छाँगावाट खसेजस्तो भएकी छन् । दाई बहिनीको पवित्र नातालाई बदनाम गरेको भन्दै महिलाले न्याय खोज्न मिडिया सामु आफ्ना समस्या राख्न आएकी छन् ।
साउदीमा रहेका यि महिलाका श्रीमान पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घटनाले फेरी एउटा वैदेशिक रोजगारीले निम्त्याएको विग्रह देखाएको छ । छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी विवाहित पुरुषसंग हिडेपछि उनी पनि साउदीवाट छिटै नेपाल फर्केका छन् । श्रीमतीले आफ्नो सन्तान पनि लिएर गएको भन्दै आफ्नो सन्तान फिर्ता गरिदिन आग्रह गरेका छन् ।
रञ्जु मगरको श्रीमान र होमबहादुर मगरको श्रीमती संगै हिडेका हुन् । होमबहादुरको छोरी समेत लिएर श्रीमती रञ्जुको श्रीमानसंग गएको बताइएको छ । मलाई दिदी भन्थिन्, हाम्रो घरमा आउँथिन् मलाई पनि मेरो घरमा आउनुस् भन्थिन् म पनि जान्थे । तर दाई भन्ने मेरो श्रीमानसंग नराम्रो सम्बन्ध रहेछ । सबै गाउँलेले थाहा पाएका रहेछन् । मलाई कसैले पनि भनेनन् । तर होमबहादुरलाई उनको आमाले भनेपछि भने श्रीमतीको बारेमा थाहा पाएका रहेछन् । होमबहादुरलाई तिम्रो श्रीमती अरुसंग लागेको छ भनेर आमाले भनेपछि आफुले थाहा पाएको बताए । त्यसपछि उनले अन्य आफन्त र साथीभाईलाई पनि सोध्दा कुरा पुष्टि भएको उनको भनाई छ ।