बुधबार १५ चैत्र २०७९

काठमाडौं : को’रोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हरेक व्यक्तिले मा’स्क लगाउनुपर्ने मापदण्ड विश्वभर नै लागू छ । यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मा’स्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मा’स्क लगाइदिएका छन् । इन्स्ट्राग्राममा भा’इरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् ।

उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् । भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’ भिडीयो यहाँ लिंकमा छ ।

यो पनि, ७६८ सङ्क्रमित थपिए : नेपालमा को’रोना भाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा को’रोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ३८ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ५४५ जनामा भाइरसको स’ङ्क्रमण सक्रिय छ । ७४ जना हाल क्वारेन्टिनमा छन् । मन्त्रालयले एन्टीजेन विधि बाट गरिएको परीक्षणमा ७५ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६७१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृ,त्युको पुष्टि भएको छ ।

३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया