बुधबार २९ बैशाख २०७८

काठमाडौ । आफ्नो कार्यालयमा संगै काम गर्ने महिला कर्मचारीलाई अ श्लि ल म्यासेज पठाउने पुरुष कर्मचारीले सार्वजनिक रुपमै सजाय पाएका छन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना चीनमा भएको हो । चीनमा अ श्लि ल म्यासेज पठाउने एक सरकारी कार्यालयका हाकिमलाई एक महिलाले कार्यकक्षमै गएर कु ट पि ट गरेकी छिन्।

एससीएमपीका अनुसार चाओ थर भएकी महिलाले फोहोर पुछ्ने मोपले हि र्का ए को भिडियोमा देख्न सकिन्छ । ती सरकारी कर्मचारीले आफूभन्दा तलका महिला कर्मचारीहरुलाई अ श्लि ल म्यासेजहरु पठाएका थिए। सार्वजनिक भएको १४ मिनेटको भिडिओमा ती पुरुषले उक्त म्यासेजहरु जिस्किएर पठाएको बताएका छन्।

महिलाले प्रतिकृया जनाएपछि पुरुषले यस्तो प्रतिकृया दिएका हुन् । हेलोङजियाङ प्रान्तको बेइलिन जिल्लाको गरिबी निवारण विभागका सरकारी उच्च ओहदाका कर्मचारीले महिलामाथि अ श्लि ल म्यासेज गर्ने गरेका थिए। तर चाओले भने उनको हेपाई दु र्व्य व हारको गतिविधिलाई सामान्य लिन सकिनन्। जसका कारण उनले पुरुषको कार्यकक्षमै गएर कु ट पि ट गरेका हुन्। यो घटना सार्वजनिक भएसँगै ती पुरुष सरकारी अधिकारीलाई कामबाट हटाइएको छ। चीनमा सन् २०१८ देखि मिटु मुभमेन्ट सुरुवात भएको थियो। त्यसयता महिलाहरुले आफूमाथि हुने गरेको दु र्व्य व हारको खुलेर विरोध गर्दै आएका छन्।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया