शनिबार ०५ आषाढ २०७८

नेपालगन्ज । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एक आपसमा ठो क्किँ दा भएको दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका असई शेरबहादुर बारघरेका अनुसार दुर्घटनामा परि ज्यान गुमाएका मध्य अन्दाजी ३२ वर्षीया महिलाको शनिबार बिहान सनाखत भएको छ । महिलाको सनाखत हुन नसक्दा उनीसंगै रहेकी बालिकाले आफन्त पाएकी थिइनन् ।

कोहलपुरका स्थानियले बालिकाको तस्बिर सार्वजनिक गर्दै चिनेकाहरुले सम्पर्क गरिदिनुभन्दै फेसवुकमा स्टाटस लेख्दै सार्वजनिक अपिल गरेका थिए । ति महिला सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं। ३ की अम्बिका कान्ती रहेको खुल्न आएको असई बारघरेले जानकारी दिए । कान्ती शिक्षाका लागि खाद्य कार्यक्रम सुर्खेतमा कार्यरत कर्मचारी रहेको भन्ने खुल्न आएको पनि बताइएको छ ।

यसअघि शुक्रबार राति अवेर मृतकमध्ये चार जना पुरुषको सनाखत भइसकेको थियो । जसमा कोहलपुर नगरपालिका वडा नं। १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं। १० का ४५ का छत्रबहादुर कटुवाल थिए ।

मृ तकमध्ये कोहलपुरका दुई जना टिपरका चालक र परिचालक रहेको प्रहरीले जनाएको छ । मृ तक अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृ त्यु भएको थियो ।

दुर्घटनामा परि कुल ३७ यात्रु घाइते भएकोमा ७ जनाको अवस्था ग म्भी र रहेको भए पनि शनिबार बिहानसम्म सबैको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिइएको छ । घाइतेको उपचारमा संलग्न चिकित्कसका अनुसार सबै घाइते अब ख त रा मु क्त छन् । घाइते सबैको कोहलपुरमै उपचार भइरहेको छ ।

सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना अ अ प ४१ नम्बरको टिप्पर शुक्रबार बेलुका साढे पाँच बजेतिर कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै एक आपसमा ठो क्किँ दा दुर्घटना भएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया