
काठमाण्डौ / हावाहुरीका कारण काठमाण्डौको सामाखुसी वडा न. २९ आत्मज्ञान छेउमा बन्दै गरेको तिन तल्ले कम्प्लेक्स भत्किदा २ जना घाईते भएका छन । शनिबार बेलुका हावा हुरी सहित पानीका कारण ३ तले कम्प्लेक्सको अघिल्लो भाग पुरै खसेको हो ।
स्थानियका अनुसार अहिले गोंगबु-सामाखुसी हुदै ठमेल चल्ने सवारी आवागमन पुर्ण रुपमा अबरुद्द भएको छ । नेपाल प्रहरी सहित एक्साभेटरको सहायताले उक्त सडक पन्छाउने काम भईरहेकाे जनाइएको छ । उक्त स्थानमा केही सवारीसाधनहरु समेत च्यापिएका थिए ।
कमसल निर्माण सामाग्री, सिमेन्ट, रड तथा जग समेत मापदण्ड बिपरित बनेकोले उक्त कम्प्लेक्स हावाहुरीका कारण समेत भत्किएको श्रोतको दावी रहेको छ । महानगरबाट टहराको सिफारिस लिएर कम्प्लेक्स निर्माण भएपछि अहिले उक्त कम्प्लेक्सको निर्माणमा व्यापक बिरोध भईरहेको छ । -साझाडबली