मंगलबार ०७ चैत्र २०७९

भारतको सूरत सहरको एक शमसान घाटमा एउटै चितामा ८ वटा शव जलाइएको छ । भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घाटमा दाह संस्कार गर्नका लागी ल्याइएका शवको संख्या अत्याधिक भएकोहुनाले लामो समयसम्म दाह संस्कारका लागी कुर्नु पर्ने भएपछि एउटै चितामा ८ बटा शव जलाइएको हो । सूरतमा मात्र नभएर गुजरातका अधिकांश घाटको अवस्था पनि यस्तौ रहेको समचारमा उल्लेख छ । २४ घण्टा घाटमा शवको दाह संस्कार भइरहको भएपनि घाटमा शव आउने संख्या बढ्दै गएको छ ।

जसमध्ये अधिकांश शव कोरोना संक्रमितको भएपनि भारत सरकारको आकडा र शमसानमा आएका कोरोना संक्रमितका शवको आकडामा अत्याधिक मात्रामा अन्तर रहेको समचारमा बताइएको छ । राज्यको चार प्रमुख सहरका नगरनिमले जारी गरेको कोरोना बुलेटिनमा दैनिक २५ जनाको मृत्यु भएको उल्लेख गरिएको भएपनि त्यो भन्दा अत्याधिक मात्रामा मृत्यु भएको बताइएको छ । मध्य गुजरातको सबै भन्दा ठूलो अस्पताल एसएसजीमा पछिल्लो ९ दिनमा १८० जनाको मृत्यु भएको छ ।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया