बुधबार ०६ आश्विन २०७८

काठमाडौ / झापामा विदेशवाट आएको एक साता नहुँदै एक पुरुषको नि’धन भएपछि परिवारमा विवाद सिर्जना भएको छ । श्रीमतीको शंकास्पद गतिविधि थाहा पाएपछि चैते दशैंमा घर आउँछु भनेका पुरुषले एक सातामै देह त्याग गरेका हुन् । झापमा भएको यो घ’ट’ना पछि परिवारमा समस्या उत्पन्न भएको छ । श्रीमतीले विरामी छु औषधी गर्न पैसा पठाइदिनु भनिन् । तर पछि उनले थाहा पाए श्रीमतीलाई केही पनि भएको छैन ।

चैते दशैंमा आउँछु भनेका श्रीमानले यस्तो कुरा थाहा पाएपछि पहिल्यै घरमा आएका थिए । तर उनीहरुबीच समझदारी हुन सकेन । उनको रहस्यमय नि’धन भयो । घर आएपछि पनि श्रीमती र छोराको ब्यवहार राम्रो थिएन । निधन हुनुअघि उनले आफ्ना दाईसंग यस्तै गुनासो गरेका थिए । अघिल्लो दिन भाईको घरमै गएर श्रीमान श्रीमतीलाई मिलेर बस भनेर दाईले सम्झाएर आएका थिए । तर भोलीपल्टै भाईको नि’धन भएको खबर पाएपछि परिवार अचम्ममा परेका छन् ।

घरमा भाईको शव थियो भने बुहारी र छोरा घरमा थिएनन् । भोलीपल्ट मात्र बुहारी फेला परेकी थिइन् । विदेशवाट फर्कदै उनले वाटोमा छोरालाई भेटेको तर छोरा आफुसंग कुरा गर्न नचाहेको भनेर भाईले आफुलाई गुनासो गरेको दाईले बताएका छन् । उनले आफु निकै समस्यामा परेको समेत दाईलाई बताएका थिए । श्रीमतीकै का’रण आफ्नो भाईले यस्तो निर्णय गरेको भन्दै बुहारीलाई कारवाही गर्नुपर्ने माग उनको परिवारको छ ।

२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया