आइतबार १९ मंसिर २०७८

काठमाडौ । कोरोनाको दोस्रो लहर सुरु हुँदा विद्यालय कोरोनाको हट स्पट देखिएको छ । दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुमा रहेको हिमालय माविमा एकै पटक १०२ जनामा कोरोनाको लक्षणका विरामी सिकिस्त भएका छन् । विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको हो ।

कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरो आएपछि विद्यालय नै बन्द गरिएको छ । विहिवार देखि अनिश्चितका सम्मका लागि विद्यालय बन्द गरिएको हो । देशमा कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गाउँमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्दै गएको छ । विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थी र ६ शिक्षकमा रुघाखोकी र ज्वरो देखिएको हो ।

‘बिरामीको स्वास्थ्य परीक्षणको लागि माथिल्लो निकायसँग सहयोग माग गरेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताएका छन् । गाउँका अन्य केही व्यक्तिमा समेत ज्वरोसहित रुघाखोकीको समस्या देखिएको उनले बताए।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया