शनिबार ०५ आषाढ २०७८

काठमाडौं । इरानमा करिब एक करोड मानिस कुनै न कुनै अ’पाङ्गताबाट ग्र’स्त छन् । रुढीवादी देश इरानमा से क्स जस्तो विषयमा कुरा गर्न वर्जित छ । यस्तोमा अ’पाङ्गता भएका महिलाको विषयमा सेक्सबारे सोच्न पनि सकिँदैन । उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षकी अपाङ्गता भएकी महिला मितरा फराजदाहले आफ्नो अनुभव र निराशाबारे कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘म एक महिला हुँ । म एउटा यस्ती महिला हुँ जो ७५ प्रतिशत शारिरिक अ’पाङ्गताबाट ग्रस्त छु ।

हो, मैले प्रेमको अनुभव गरेकी छु । म सधैं भन्ने गर्छु कि जसले कहिले पनि प्रेमको अनुभव गरेका छैनन् वा प्रेममा परेका छैनन् उनीहरु खेतमा चराहरुलाई डराउनका लागि राखिने पुतली जस्तै हुन् । ’

११ वर्षको उमेरमा प्रेम : मितराका अनुसार उनी ११ वर्षको हुँदा आफ्ना एक छिमेकीका छोराका लागि विशेष भावना महसुस गरेकी थिइन् । उनी भन्छिन्, ‘यो भावनाको अर्थ मैले त्यतिबेला बुझ्न सकेकी थिइनँ ।’ उनी भन्छिन्, ‘त्यतिबेला म आफूलाई मान्छे नै होइन ठान्थें । अ’पाङ्गताका कारण मेरो बाँच्ने अधिकार नै छैन जस्तो लाग्थ्यो । म मृ त्युको प्रतिक्षा गरिरहेकी थिएँ ।’

मितराका अनुसार १४ वर्षसम्म उनले आफ्नो प्रेम लुकाएर राखिन् । उनी भन्छिन्, ‘१४ वर्षको हुँदा मैले ती व्यक्ति र आफ्नो परिवारलाई यसबारे बताउने हिम्मत गरें । ती व्यक्तिले त मेरो प्रशंसा नै गरे तर उनको परिवारले यसमा स्विकारोक्ति दिएन । ’

‘केही वर्षसम्म त जिन्दगी नरक जस्तो भयो तर उनको प्रेमले मलाई आफूलाई नै प्रेम गर्न सिकायो ।’ ‘ती व्यक्तिसँग मैले ३० वर्षसम्म प्रेम गरेँ । यद्यपी, हामी कहिले पनि सँगै बसेनौं । म एक महिला हुँ जसलाई ती सबै कुराको आवश्यकता पर्छ जो एक महिलालाई हुन्छ ।’

सहवास आवश्यकता : मितरालाई उनका प्रेमीले अँगालोमा बाँधुन् र उनको कपाल खेलाउन् भन्ने चाहना छ । उनी भन्छिन्, ‘हाम्रो समाजमा यस्ता थुप्रै मानिसहरु छन् जसले सोच्छन् कि हामीजस्तो महिला प्रेमको लायक नै छैनन् । यो सुन्दा मलाई पी’डा हुन्छ ।’

उनी भन्छिन्, ‘म जसलाई प्रेम गर्छु, उनीसँग बस्न मेरा पिताले अनुमती दिँदैनन् । म जस्तै थुप्रै महिला यौ न र भा’वनात्मक आवश्यकतालाई द’बाएका कारण पी’डित छन् ।’

‘म मान्छु कि सबैभन्दा ठूलो परिवर्तन हामी भित्रैबाट आउँछ । हामीले आफ्नो यौ न आवश्यकता र सीमालाई स्विकार गर्नुपर्छ ।’ मितरा आफ्नो पेन्टिङ बेचेर गुजारा गर्छिन् : मितरा भन्छिन्, ‘हामीले विश्वास गर्नुपर्छ कि हामी पूर्ण रुपमा बाँच्नका लागि हकदार छौं । हामीले अ’पाङ्गताको वास्ता नगरी यसको पूरा आनन्द लिनुपर्छ ।’

‘मैले अ’पाङ्गता भएका थुप्रै महिलालाई चिनेकी छु जसको परिवार यो कुराबाट अञ्जान छन् कि उनीहरु पनि यौ न प्राणी हुन् किनभने यी महिला आफैं पनि यो कुरामा विश्वास गर्न सकिरहेका छैनन् । यदि तपाईं पनि प्रेमको हकदार हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्न सक्नुहुन्न भने तपाईंको परिवारले कसरी विश्वास गर्नेछ ?’

यौ न आवश्यकता पूरा नहुनु हानिकारक : मितरालाई आफ्नो भावना र आवश्यकतालाई जाहिर गर्न पाउँदा गर्व भएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले पनि धेरै मानिसहरु यो कुरामा विश्वास गर्छन् कि अपाङ्ग महिलाले आफ्नो यौ न र भावनात्मक आवश्यकता व्यक्त गर्नु हुँदैन तर सत्य भने फरक छ ।’

अपाङ्गता भएका मानिसहरुको यौ न ऊर्जा सामान्य मानिसभन्दा धेरै हुने मितरा बताउँछिन् । उनी भन्छिन्, ‘म जस्तो व्यक्तिका लागि यो सम्भव छैन किनभने मलाई गम्भीर शारिरिक अपाङ्गता छ ।’ मितरा भन्छिन्, ‘यदि अपाङ्गता भएका महिलाको यौ न आवश्यकता पूरा भएन भने यो निकै हानिकारक हुनसक्छ ।’

यो पनि : अण्डा कति खाने? कसरी खाने?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?

चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’

यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन्।

चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन्। खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ।
अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो। नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ। अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन। स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोलचाहिँ ठूलो समस्या हो।

मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ। तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ। यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो। तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ।

बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन्। यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ। स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो। केहीसमयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो। तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ। बेलायती बजारमा पाइने अण्डामा लायन चिन्ह छ भने त्यसको अर्थ कुखुरालाई साल्मोनेलाबाट बच्ने इन्जेक्सन दिइसकिएको छ। गतवर्ष यो अण्डा गर्भवती र बच्चाका लागि सुरक्षित रहेको घोषणा गरिएको थियो।

विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन।’

डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ।

ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ। त्यसमा अण्डा हाल्नुपर्छ। यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन। कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ।

अण्डाको एलर्जी

केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ। अण्डाका एलर्जीका केही लक्षण :
मुख वरिपरी रातो हुनु या सुन्निनु
पेट दुख्ने
बान्ता हुने

यसको एलर्जी ज्यान लिने खालको हुँदैंन। तर एलर्जी भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ।

डा फिलिप्स भन्छन्, ‘एलर्जी नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन्। तर अण्डा कसरी बनाउने भन्नेमा पनि ध्यान दिनुपर्छ।’

७८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया