शुक्रबार १७ चैत्र २०७९

मेरो पहिलो ‘महिनावारी’ मेरा अरू साथीहरू भन्दा ढिलो भएको थियो। त्यतिबेला म कक्षा सातमा पढ्थेँ। सुरूमा कक्षाका लगभग सबै केटी साथीलाई ‘महिनावारी’ भइसक्दा आफूलाई भने किन नभएको होला भनेर मनमा खुल्दुली हुन्थ्यो। साथीहरूको ‘महिनावारी’ अनुभव सुन्दै रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसेकी थिएँ।

वैशाखको दोस्रो हप्तातिर थियो, मलाई अचानक आफ्नो शरीरमा अनौठो महशुस भयो। म ‘महिनावारी’ भएको होस् भनेर सोचिरहेकी थिएँ, नभन्दै भएछु। खै किन हो म निकै उत्साहित थिएँ, मनमा अलिअलि डर पनि लागेको थियो । ‘महिनावारी’ हुने बित्तिकै मैले आफ्नी मिल्ने साथीलाई सुनाउन उसको घर गएँ। साथीकी आमाले म ‘महिनावारी’ भएको थाहा पाएपछि त्यहीँ सात दिनसम्म लुकेर बस्नुपर्छ भन्नुभयो । मेरो साथीको पहिलो महिनावारी हुँदा उसलाई पनि मेरो घरमा ‘लुकाउन’ ल्याइएको थियो।

भिडियो हेर्नुहोस ।

७४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया