
काठमाडौँ । नेपालमा पहिलो पटक खतरनाक मानिएको कोरोनाको नयाँ स्वरुप फेला परेको छ । ललितपुरमा विहिवार गरिएको परिक्षणका क्रममा यस्तो फेला परेको हो । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ खतरनाक मानिन्छ । यसको संक्रामक दर र मृत्यु दर पनि धेरै देखिएको छ । यस्तो कोरोना देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्री) खोजी गर्न थालिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ को कोरोना देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको जानकारी दिए । “यस्तो कोरोना देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने, “उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौँ ।”
हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको छ । १५ जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ) मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो । यो भेरियन्टको परिक्षण नेपालमा नहुने भएकाले नमुना हङ्कङ पठाइएको हो ।
सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरूमा लक्षण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्याक्ट ट्रेसिङलगायतका कार्य भइरहेको उनले बताए । दुवै कोभिड–१९ का नयाँस्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन् ।