आइतबार ०६ आषाढ २०७८

काठमाडौँ । देशमा केही यस्ता व्यक्ति हुन्छन्, जसलाई पहिचानका लागि तल्लिन गर्न आवश्यक हुँदैन्। आफु भित्रको खास गुणका कारण हजारौँको भीडमा पनि यिनीहरु आफ्नो पहिचान बनाएर राख्ने गर्छन्।ज्योतिषशास्त्री सुनील शर्माका अनुसार आफ्नै बल बुतामा यिनीहरु राम्रो राजनेता तथा सार्वजनिक वा नीजि क्षेत्रको उच्च पदको लिडर बन्ने गर्छन्। जसका कारण यिनीहरुको समाजमा अलग पहिचान बन्ने गर्छ।

ज्योतिषशास्त्रमा मुख्यतः यी ३ राशिका व्यक्तिलाई नेतृत्व क्षमताका लागि उत्कृष्ट भनिएको छ।

आउनुहोस् जानौँ कुन कुन हुन् ती ३ राशि ?

मेष राशि
ज्योतिषशास्त्रका अनुसार मंगलमा स्वामित्व रहेका कारण मेष राशि हुने व्यक्तिमा नेतृत्वको क्षमता भरपुर हुने गर्छ। यी राशिमाथि मंगल ग्रहको प्रभाव हुनुका साथसाथ आत्मविश्वास, प्रभावशाली र उर्जावान हुने गर्छन्। यी राशिका व्यक्तिले कुनै काममा हात राखे भने त्यसलाई पुरा नगरी छोड्दैन्न। यद्यपी कयौँ पटक यिनीहरुको रिस यिनीहरुका लागि समस्या बन्ने गर्छ।

सिंह राशि
सूर्य ग्रहको स्वमित्व रहेको सिंह राशिका व्यक्तिको स्वभाव एक राजको जस्तो हुने गर्छ। ज्योतिष शास्त्रमा सूर्यलाई मान सम्मानको कारक मानिने गर्छ। साथै सूर्यलाई एक राजा, प्रधान, प्रशासनिक अधिकारीको प्रतिक पनि मानिने गरिन्छ। सिंह राशिका व्यक्ति कार्यक्षेत्रमा आत्मविश्वाशी, प्रभुत्वशाली र सम्माननीय मानिने गर्छन्। जबकी नीजि तथा सार्वजनिक क्षेत्रमा यिनीहरुलाई ठूलो पदको मानिने गरिन्छ। यिनीहरु आफ्ना विरोधिमाथि छिट्टै हावी हुने गर्छन्।

वृश्चिक राशि
ज्योतिषशास्त्रका अनुसार मंगल ग्रहको प्रभाव रहने वृश्चिक राशिका व्यक्ति निकै प्रभावशाली मानिने गर्छन्। यी राशिका व्यक्ति चुनौतीपूर्ण परिस्थितीमा पनि ठोस निर्णय लिनमा सहज हुने गर्छन्। यी राशिका व्यक्ति सरकारी क्षेत्रको उच्च पदमा काम गर्ने गर्छन्। यी राशिका व्यक्ति बिना कारण दोस्रो व्यक्तिको काममा हस्तक्षेप गर्दैनन् र अरुलाई पनि आफ्नो काममा हस्तक्षप गरेको मन पराउँदैनन्।

६६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया