बुधबार २९ बैशाख २०७८

बुटवल, चैत्र ३०/शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको छ । गतसाता सुदुरपश्चिमका विभिन्न स्थानको शैक्षिक भ्रमण गरि फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

खनालले भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रवारदेखि नै विद्यालय बन्द गरिएको जानकारी दिए ।विद्यालयबाट प्रधानाध्यापक सहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि सुदुरपश्चिमका बिभिन्न जिल्लाकाे भ्रमणमा गएका थिए । तिमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आईसोलेसनमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया