बुधबार २९ बैशाख २०७८

काठमाडौ । भारततमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । कोरोना भाइरसको खतरनाक रूप मानिने ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेपछि नेपालमा पनि चिन्ता बढाएको छ । ललितपुरका एक व्यक्तिबाट लिइएको नमुना हङकङस्थित प्रयोगशालामा जाँच गर्दा ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिएको हो। जुन ‘भेरिएन्ट’ भारतमा यसअघिदेखि नै व्यापक मात्रामा फैलिरहेको छ।

साधारण भाषामा भन्नुपर्दा डबल म्युटेसन कोरोनामा दुई फरक फरक स्पाइक प्रोटिन मार्कर छन्। जसको सहायतामा भाइरस मानव शरीरको कोषमा टाँसिन्छ र त्यसपछि अंग अंगमा आ क्र म ण गर्न थाल्छ। यो भेरिएन्टले स्पाइक प्रोटिनको संरचना बदल्छ, जसबाट भाइरस कोषमा टाँसिएर कैयौं गुणा आफ्नो संख्या वृद्धि गर्छ। यसले सं क्र म ण भयावह बनाउँछ।

विशेषज्ञका अनुसार डबल म्युटेन्ट भाइरस ज्यादै संक्रामक, तेज गतिमा फैलिने र मानिसलाई ग म्भी र बिरामी बनाउन सक्ने खालको हो। यसले पूरै स्वास्थ्य प्रणालीलाई नै असफल बनाउने जोखिम छ, जसको संकेत अहिले देखापर्दैछ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरी नयाँ भेरिएन्टले सं क्र म णको दर बढ्न सक्ने तथा यसले मानिसको इम्युनिटी ९रोग प्रतिरोधात्मक क्षमता० मै प्र हा र गर्न सक्छ।

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया