शुक्रबार ०४ आषाढ २०७८

अक्टोपस पानीमा पाइने एक चिप्लो जीव हो । कतिपय मानिसहरुले त यसलाई जिउँदै पनि खाने गरेका छन् । यस्तै रमाइलो गर्दा चीनमा एक युवतीको झण्डै विजोग भएको छ । ती युवती ब्लगरको रुपमा काम गर्छिन् । ब्लगरहरू आफू फेमस हुनका लागि अरुलाई मनोरञ्जनको लागि होस् वा ज्ञान दिनको लागि होस् त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन् ।

यस्तैक्रममा ती चिनियाँ ब्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन प्रयास गरेकी हुन् जुन उनले सोचेको भन्दा विपरीत हुन पुग्यो । सि साइड गर्ल लिटल सेभेनले लाइभका क्रममा जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन् तर, अक्टोपसले उनीमाथि नै आक्र म ण गरेको थियो ।

भिडियोमा अक्टोपसबाट फु त्कि न उनलाई निकै गाह्रो भएको देख्न सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा निकै जोरले समातेको थियो, जसकारण युवतीलाई उक्त अक्टोपस आफ्नो मुखबाट निकाल्न निकै कष्ट भएको थियो । अक्टोपसबाट मुक्त हुने प्रयास गर्दा युवती पी डा ले कराइ रहेकी छन् । खान लागेको उक्त अक्टोपसले चि थो र्दा उनको गालामा चोटसमेत लागेको छ भने चोट लागेको ठाउँबाट र ग त समेत निस्केको देख्न सकिन्छ । उक्त चिनिया युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया