मंगलबार ०७ चैत्र २०७९

जनकपुरकी एक महिलाले एकैपटक तीन शिशु जन्मदिएकी छन् ।जनकपुरधाम उपमहानगरपालिका २५ वभनगामाकीका लक्ष्मण मुखियाकी श्रीमती २५ वर्षीया सरिता देवी मुखियाले अाइतबार शल्यक्रिया मार्फत तीन शिशुलाई जन्मदिएकी हुन् ।

शुक्रबार बिहान व्यथा लागेपछि सरिता जनकपुर स्थित धनुषा अस्पतालमा भर्ना भएकी थिइन् । अाइतबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सजन शर्मा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरि तीन शिशुलाई निकालेका थिए ।

तीनैजना शिशु छोरा छन् । दुई शिशुको तौल २-२ किलोग्राम र एक शिशुको तौल २ किलो २ सयग्राम रहेको अस्पतालका इन्चार्ज प्रमोद पण्डितले जानकारी दिए । उनका अनुसार अामा लगायत शिशुहरुको स्वास्थ्य अवस्था समान्य छ ।सरिताको दुइछोराछोरी छँदैछन् ।

३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया