मंगलबार ०७ चैत्र २०७९

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो ।

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।

उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन् । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर पुन्य गौतमले बिचार राखेका छन हेरौ उनको बिचार भिडियोमा

२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया