आइतबार ०२ जेठ २०७८

चितवन । आफैसंग सुतेकी छोरी बिहान उठ्दा ओच्छ्यानमा नहुँदा आमाको रोएर बेहाल भएको छ । छोरी दिव्या कुमाल वर्षले २१ लागेकी छन् । उनी आजभन्दा ४ महिना पहिला आफ्नो घरमा परिवारसंगै बसेर रातीको ११ बजेसम्म टिभी हेरेर सुतेकी थिईन् । बिहान उनकी आमा उठ्दा दिव्या भने आफ्नो ओच्छ्यान नभएको आमाको भनाई छ । यो घटना हो चितवन देवनगरको ।

चितवनको देवनगरमा आजभन्दा ४ महिना अघि परिवारसंग संगै खाना खाएर संगै टिभी हेरेर सुतेकी दिव्या कुमाल बिहान ओच्छ्यानबाट गा ए ब भएकी छन् । दिव्यालाई उनको बिस्तारामा नभेटाउँदा उनकी आमा र परिवारका अन्य सदस्यहरुलाई बाहीर कतै गएकी होली भन्ने लागेको रहेछ । तर जब बिस्तारै दिन उदाउँदै आयो रपनि दिब्या घरमा आईनन् तब भने उनीहरुमा ड रको भावना जाग्न थालेछ । पुरै दिन दिव्या घरमा नआएपछि परिवार र आफन्तले दिव्याको व्यापक खोजी गरेछन् ।

त्यसरी खोज्ने क्रममा दिव्याकी आमा र परिवारका अन्य सदस्यहरुले दिव्यालाई कसैले केही गरेकी भनेर ड रले प्रहरी कार्यालयमा हराएको सूचना पनि दिएछन् । उनका सबै साथीभाई, नजिकैका आफन्त सबै ठाउँहरुमा दिव्यालाई खोजेको आज पुरै ४ महिना भएको छ । तरपनि दिव्याको भने अत्तोपत्तो छैन । प्रहरीले पत्ता लगाईदेला भन्दै कुरेको ४ महिना बितेपछि प्रहरीबाट कुनै सहयोग नपाएका दिव्याका परिवारले अन्ततः मिडियासंग सहयोगको अपेक्षा गरेका छन् ।

दिव्याकी आमा भन्छिन्,‘रातीसंगै सुतेकी छोरी बिहान उठ्दा ओच्छ्यानमा नहुँदा र आज ४ महिनासम्म उस्को बाटो हेर्दाको पि डा केवल हामीलाई मात्र थाहा छ । हामीले प्रहरीको साहारामा छोरीको बाटो हेरेको पनि ४ महिना बितेको छ ।

अब प्रहरीले केही गर्न सक्दैन भन्ने लागेर नै मिडिया सामू आएका हौं ।’ आमाले भनिन्,‘बिहे गरेर अरुसंग गएकै भएपनि कमसेकम हामीलाई बिहे गरेर गईछ भन्ने त हुन्थ्यो । त्योपनि भएन । फोन छैन । कहाँ जाउँ खोज्नलाई ? के गरुँ ?’ रुँदै आफ्नी जवना छोरी हराएको कुरा दिव्याकी आमाले यसरी सुनाईन् ।

भिडियोः

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया