आइतबार ०२ जेठ २०७८

काठमाडौ । नेपालको संसदमा पहिलो पटक पूर्व राजकुमारी हिमानीको प्रशंसा गरिएको छ । पूर्व राजपरिवारका बारेमा संसदा कुरा उठ्न थालेको छ । केही दिन अघि एक सांसदले पूर्वराजालाई पनि राजनीीतमा स्थान दिनुपर्ने भन्दै कुरा उठाएका थिए भने सोमवारको संसद बैठकमा हिमानीको प्रशंसा गरिएको छ । सांसद प्रदीप यादवले हिमानीको प्रशंसा गरेका हुन् । उनले नेपालीसँग विवाह गर्ने भारतीय महिलाप्रति पूर्वाग्रह राख्नेहरुले हिमानीलाई हेर्न आग्रह गरे ।

हिमानीको जस्तो संस्कार र नेपाल प्रति गरेको उनको मायालाई यादवले प्रशंसा गरेका हुन् । उनले भारतीय चेलीलाई नागरिकता दिने विषयमा आशंका नगर्न आग्रह गर्दै हिमानीको उदाहरण दिएका हुन् । विभेदकारी कानूनका कारण कैयौं जनता नागरिकताविहीन हुन परेको र त्यसले गर्दा नागरिकहरु अधिकारविहीन हुनुपरेको भन्दै उनले संसदमा आवाज उठाएका छन्।

संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी ऐनमा वैवाहिक अंगिकृतलाई सात वर्षे प्रावधान राखिएको भन्दै उनले त्यसको विरोध गरेका छन् । त्यो प्रावधानलाई उनले विभेदपूर्ण भनेका छन् । उनले नेपालीसँग बिहे गर्ने कुन चाहिँ भारतीय नारीले नेपालमा राष्ट्र घा त गरेका छन् भनी प्रश्न गरेका छन् ?

नेपालीसँग बिहे गर्ने भारतीय नारीहरु संघीय संसद र प्रदेश सभामा समेत सांसद रहेको र उनीहरुले के राष्ट्र घा त गरेका छन्,’ उनले सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रश्न गरे, ‘पूर्वराजाहरुका रानीहरु पनि भारतीय नारी नै थिए, पशुपति शमसेर लगायत राणाहरुका श्रीमति पनि भारतीय नारी नै हुन्, उनीहरुले के राष्ट्रघात गरे ?

पूर्वयुवराज पारसकी श्रीमती हिमानीको उदाहरण दिँदै उनले भारतीय नारीहरु कति संस्कारयुक्त हुन्छन् भन्ने कुरा नेपालीहरुले उनीबाट सिक्न समेत आग्रह गरे। पारस आफै परिवारवाट वहिष्कार हुँदा हिमानीले संस्कार धानेको भन्दै उनले प्रशंसा गरेका थिए ।

‘पारसको चर्तिकलाबारे सबैलाई थाहै छ,’ उनले संसदमा भने, ‘तर उनकी श्रीमती हिमानीको कुरा गरौं– उनले कस्तो संस्कार पाएकी छिन्, श्रीमान जस्तो भए पनि भारतीय नारीले सिन्दूरको कदर कसरी गर्छन्, कसैले सिक्न चाहन्छ भने हिमानीसँग सिकोस्।’

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया