बुधबार २९ बैशाख २०७८

काठमाडौ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकै दिन ३ जना कोरोना संक्रमितको निधन भएको छ । त्यस्तै सेती अस्पतालमा पनि एक जनाको निधन भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी(५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । उनीहरुको सोमवार विहान निधन भएको हो । सेती अस्पतालका विरामीलाई पनि अघिल्लो दिन कोरोना पुष्टि भएको थियो भने भोलीपल्टै उनको निधन भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। आइतवार कोरोना पुष्टि भएका उनको सोमवार निधन भयो ।

बुटवल अस्पतालमा उपचारार्थ भर्ना भएका तीनैजना कोरोना संक्रमितको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिला २३ गते अस्पताल भर्ना भएकी थिइन् । अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना पुष्टि भए पछि सोही दिन अस्पताल भर्ना गरिएको थियो । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए । उनीहरुको विहान ७ वजेको आसपासमै निधन भएको अस्पतालले जनाएको छ ।

१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया