
काठमाडौ । कुनै बेला पानी वाराबारको अवस्थामा रहेको भनिएका महानायक राजेश हमाल र नायक धिरेन शाक्यबीच के समस्या भएको थियो भन्ने कुरा अहिले पनि धेरैलाई थाहा छैन । किन उनीहरुबीच समस्या भयो भन्ने कुरा थाहा नभएकाहरुलाई फिल्मका खलनायक राजेन्द्र खड्की र धिरेनले पहिलो पटक त्यसको कारण खुलाएका छन् । धिरेन शाक्यले राजेश हमाललाइ चिन्दिन भन्दिए पछि धिरेनको धेरैले आलोचना गर्न थाले । त्यसपछि पनि उनीहरुको सम्बन्धमा चिसोपन आएको बताइएको थियो ।
राजेशसंग धिरेनको किन सम्बन्ध राम्रो भएन लामो समय पछि धिरेनले त्यसको कारण खुलाएका छन् । कुनै फिल्मको छायाँकनको क्रममा राजेश हमालले वास्तवमै धिरेनको घाँ टी अ ठ् या एका कारण धिरेन झण्डै एक साता उपचार गर्नु परेको थियो । उनी सिकिस्त भएका थिए । त्यही अवस्थामा पत्रकारले धिरेनसंग राजेश हमालका बारेमा प्रश्न सोधेका थिए । आफु घाइते भएकै बेला राजेश हमालसंग धिरेनलाई रिस उठिरहेको थियो । त्यही बेलामा उनलाई राजेशको बारेमा प्रश्न गरेका कारण उनले चिन्दिन भन्दिएका थिए ।
राजेन्द्र खड्की भन्छन्, रिस उठीरहेको बेलामा जसले पनि चिन्दिन भन्दिन्छ नी त्यो कुरालाई ठूलो रुपमा लिन हुँदैनथ्यो, राजेशले तिमीलाई मेरो कारणले यस्तो समस्या भएकोमा माफी चाहन्छु भनेको भए हुन्थ्यो । राजेशले केही भनेनन् । उनले यो विषयमा राजेश हमालको गल्ती भएको राजेशको भनाई छ ।
राजेश र धिरेनले ‘सिमाना’, ‘भिष्मप्रतिज्ञा’ जस्ता सफल चलचित्रमा काम गरेका थिए । उनीहरुको केमेष्ट्रि दर्शकले निकै मन पराएका थिए । बजारमा राजेश र धिरेनको सम्बन्ध राम्रो नभएको भनिए पनि त्यो गलत भएको धिरेनको भनाई छ ।