
पछिल्लो समय टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । कतिपयले टिकटकमा राखेका छोटा भिडियोका कारण अवसर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् । नेपालमा पछिल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् ।
अभिनय गर्न पाइने, भिडियोमा व्यक्तिहरुको कला हेर्न पाइने भएपछि टिकटक हिट भएको हो । आफ्नो अभिनय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतमा अघि बढ्न निकै सहज भएको छ । अमेरिका भारत लगायत कतिपय देशमा टिकटक चलाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टिकटकमाथि प्रतिवन्ध लगाइएको छ ।
हेर्नुहाेस् भिडियाेः