मंगलबार ०७ चैत्र २०७९

काठमाडाैं-काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ। मोटरसाइकलमा सवार अन्य दुईजना घा’इते भएका छन् ।

खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सु’कुटेमा बसले ठ’क्कर दिएको हो।

दु’र्घटनामा परी त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।उनीसँगै रहेका सोमबहादुर श्रेष्ठ ग’म्भीर घा’इते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ।

उनीहरुको साथमा रहेको सानो बच्चासमेत घा’इते भएकाले उपचारका लागि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। प्रा’रम्भिक अनुसन्धानमा बसको ग’ल्ती देखिएको प्रहरीले जनाएको छ। गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठ’क्कर दिएको स्थानीयले बताएका छन् ।

२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया