आइतबार १९ मंसिर २०७८

सरकारले को’रोना भा’इरसको स’ङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स’ङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पछिल्लो २४ घन्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ४०३२ जनाको पीसीआर गर्दा १८८ जनामा कोरोना पुष्टि भएको हो। योसहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत हो। मन्त्रालयका अनुसार हाल ४८ क्वारेन्टाइनमा र ११सय २८ जना आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन्। संक्रमणबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाका विराटनगरको रानीमा सोमबारबाट ‘हेल्थ डेस्क’लाई सक्रिय गराइएको छ। डेस्कमार्फत नेपाल प्रवेश गर्न चाहनेको परीक्षण तत्कालै गर्ने व्यवस्था मिलाइएको छ।

परीक्षणपछि नेपाल आउनेमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। भारतबाट आउनेले अनिवार्य रुपमा कोरोना परीक्षण गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण थप फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निस्कर्ष निकालेको छ। मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय बैठकमा भएको छ।

निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एण्टीजेन परीक्षण गरिने छ। एण्टीजेन जाँच गर्दा कोरोना भए/नभएको तत्कालै रिपोर्ट आउने उनले बताए। रिपोर्ट पोजिटिभ आउनेलेलाई थप परीक्षण तथा उपचारका लागि पठाउने र नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ निरौलाको भनाइ छ।

एक वर्षअघि कोरोना तीव्र रुपमा फैलिइरहेका बेला नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर नेपाल छिर्नेहरुको परीक्षण गर्न थालिएको थियो।

तर पछिल्लो समय कोरोना नियन्त्रणउन्मुख बनेपछि ‘डेस्क’ निस्कृयजस्तै थियो। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च बन्दै गएपछि आवश्यक जनशक्ति परिचालन गरेर डेस्कलाई सक्रिय गराइएको निरौलाको भनाइ छ।

‘नाकामा यसअघि सञ्चालन गरिए पनि निस्क्रियजस्तै रहेको हेल्थ डेस्कलाई सक्रिय बनाउने निर्णय भएको छ,’ उनले भने ,‘नाकामा स्वास्थ्य जाँच गर्ने र शंकास्पदको एण्टीजेन परीक्षणलाई प्राथमिकतामा राखिएको छ।’निरौलाका अनुसार भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने मुख्य नाकामा थप कडाई गर्न थालिएको छ।

जोगवनी–रानी नाका एक वर्षअघिदेखि सिल छ। नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै नाका बन्द गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमण कम हुँदै गएकाले नाका खोल्ने तयारी भइरहेको थियो। तर पछिल्लो समय भारतमा संक्रमण तीव्र बन्दै गएपछि अहिले तत्काल नाका नखोलिने र बरु थप कडाई गर्ने निर्णय बैठकले लिएको हो।

प्रजिअ निरौलाले रानी नाकामा उच्च सतर्कता अपनाउन थालिएको जनाए। भारतमा दैनिक ४० हजार हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालेका छन्।

जिल्ला स्तरीय खोप समितिको बैठक पनि सोमबार नै बसेको छ। मोरङमा ‘स्टक’ रहेको पाँच हजार आठ सय ७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षकलाई लगाउने निर्णय बैठकमा भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको थियो।

प्रजिअ निरौलाका अनुसार पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई अब कोरोनाविरुद्धको खोप दिइने छ।मोरङमा मौज्दात रहेको कोरोनाविरुद्धको खोप चैत महिनाभित्र लक्षित वर्गलाई लगाइसकिने जानकारी उनले दिए।

५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया