बिहिबार २३ बैशाख २०७८

एजेन्सी । एक जना शिक्षक महिलाले आफैले पढाउने १३ वर्षको विद्यार्थीलाई दवावमा पारेर आफै विवाह गरिन् । जव यो घटनाको कारण थाहा पाएपछि सबैको होस उड्यो । यो घटना भारत पंजाबको जालन्धर जिल्लामा भएको हो । अन्धविश्वासका कारण एक १३ वर्षका किशोरले यति धेरै दुख पाए ।

एक शिक्षिकाले उनको विद्यार्थीसँग अन्धविश्वासको कारण बिहे गरिन् । विद्यार्थीको उमेर १३ बर्ष मात्र हो। शिक्षकले उनीसंग सुहागरात रीत पनि पुरा गरिन् । र कुरा यतीमा मात्र रोकिएन। एक हप्ता भित्र, शिक्षक विधवा घोषित भइन् । त्यसपछि शोक सभा पनि बोलाइएको थियो। यो केवल किनभने शिक्षकलाई कथित मांगलिक दो ष आफ्नो कुण्डलीबाट हटाउनु परेको थियो।

इंडिया टुडेसँग सम्बद्ध मनजित सहगलको समाचार अनुसार मांगलिक दो ष देखाएर शिक्षकको बिहे भइरहेको थिएन। यस्तो अवस्थामा उनका परिवारका सदस्यहरू चिन्तित थिए। त्यही बेलामा पण्डितले मांगलिक दोष हटाउन अनौठो उपाय सुझाए । पुजारीले भने नाबालिगसंग युवतीको प्रतीकात्मक विवाह गर्नुपर्छ । यसले उसको ुमांगलिक दोषु हराउँछ ।

पण्डितले यस्तो उपाय सुनाएपछि शिक्षकले १३ बर्षको किशोरलाई प्रयोग गर्ने विचार गरिन् । शिक्षकले विद्यार्थीका आमा बुबालाई ट्युशन पढाउने वहाना गरेर घरमा बोलाइन् । त्यसका लागि एक साता आफ्नै घरमा राख्ने कुरामा पनि अभिभावकलाई राजि गराए । सात दिन पछि जब किशोर घर फर्कियो उसले आफु माथि भएको घटनाबारे सबै आमाबुवालाई सुनायो । किशोरको आमाले त्यस्तो गर्ने शिक्षक महिलालाई कारवाहीको माग गर्दै प्रहरी कार्यालय गइन् ।

“शिक्षक र उसको परिवारले जबरजस्ती विवाह समारोह आयोजना गरे । यसमा हल्दी, मेंहदी लगायतका विवाहका सबै समारोह पुरा गरियो । पछि किशोरालई इच्छामृत्युको विधिहरू पनि समावेश गरियो । शिक्षकलाई विधवा घोषित गरियो। उसको चुरा निकालियो, सिन्दुर पुछियो । उनीहरुले शोक सभा पनि आयोजना गरे । किशोरलाई सबै कामका लागि बाध्य बनाइयो । उसलाई घरेलु काम पनि लगाइयो । उसलाई घर फर्कन अनुमति थिएन।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया